१८ जेठ,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले संसद्मा अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
सोमबार अपराह्न दोस्रो पटक सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने र उहाँको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन्।
विपक्षी दलहरूले माग पूरा नभएसम्म संसद् बैठक सञ्चालन हुन नदिने अडान लिएका छन्। लगातारको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको छ।
