काठमाडौं । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गालाई बनाइएको अमेरिकी दाबी छ ।
अमेरिकी सेन्ट्रल कमान्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नुपरेको बताएको बीबीसीले जनाएको छ । सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ ।
इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिएको छैन । अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्योल छ ।
रानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो । अमेरिका र इरानबीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पले दाबी गर्दै आउनुभएको छ ।



