वीरगञ्ज । पर्सामा आज विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिकाको भन्सार खाल्वा टोला स्रिसियाबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् । पर्सा प्रहरीका अनुसार ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । घाइते पटेलको थपको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए ।
।
घाइते हुनेहरुमा कन्हैया चतुर्वेदी, आकाश पटेल र मदन पटेल रहेका छन् । घाइते तीनै जना खत्तरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । बढी स्पीडमा मोरटसाइकल चलाइएकोले दुर्घटना भएको डिएसपी थापाले बताए ।



