बारा । बारा–३ मा रास्वपाका अरविन्द साहले विजयी भएका छन् । निर्वाचन कार्यालय बाराका अनुसार ४० हजार ६९७ मतसहित साह विजयी भएका हुन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार फरमुल्ला मन्सुरले १० हजार ५२, जसपा उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार ८८४ र एमालेकी ज्वालाकुमारी साहले ५ हजार २७१ मत पाएकी छिन् ।
जनमत पार्टीका प्रमोद कुमार गुप्ताले ३ हजार ८११, नेकपा उम्मेदवार भरत साहले १,७५१ र उज्यालो पार्टी नेपालका तीर्थबहादुर गुरुङले १,७२६ मत पाएका छन् ।



