वीरगञ्ज । वीरगञ्जमा आज दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा तथा शान्ति सुव्यवस्था कायम राख्न निषेधाज्ञा आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञाको चार किल्ला
पूर्वतर्फ बसपार्क,
पश्चिमतर्फ सिर्सिया पुल,
उत्तरतर्फ पावर हाउस चोक
र दक्षिणतर्फ शङ्कराचार्य गेट तोकिएको छ।
उक्त क्षेत्रभित्र पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन तथा सभा–समारोह गर्न निषेध गरिएको छ।
प्रशासनले अत्यावश्यक सेवा बाहेकका गतिविधिमा कडाइ गरिने जनाएको छ। आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिएको छ।
