वीरगञ्ज । धनुषाको घटनालाई लिएर उत्पन्न विवादका कारण तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ। यद्यपि, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजेसम्मका लागि कर्फ्यू आदेश लम्ब्याएको छ ।
सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि लगाइएको कर्फ्यूलाई प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान एक सूचना जारी गर्दै दिउँसो १ बजेसम्म थप गरिएको जानकारी दिएका हुन्। प्रशासनका अनुसार संवेदनशील क्षेत्रहरू मा अझै सतर्कता आवश्यक देखिएकाले शान्तिसुरक्षा कायम राख्न यो निर्णय लिइएको हो ।
गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।

