वीरगञ्ज । वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा सोमबार दिउँसो पर्सा प्रहरीले छापमारी गरेको छ । कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भईरहेको सुचनाको आधारमा प्रहरीले छापमारी गरेको हो । सो क्रममा म्याद गुज्रिएको केमिकल ल्याबबाट बरामद भएपछि कलेजका एमडि र ल्याबका डाक्टरसहित दूई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ल्याबबाट म्याद गुज्रिएको केमिकल भएको अनुगमनको क्रममा भेटिएपछि कलेजका एमडि सदनवाज हुसेन र ल्याबका डाक्टर सँजय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए ।



