असोज १२ वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीहरुलाई तुरुन्तै कारागार फर्किन सार्वजनिक सूचना जारी गरेको छ।
फरार बन्दी खोजी तथा नियन्त्रण कार्यालयको निर्णयअनुसार, आगामी भदौ २५ गते सोमबारसम्म कारागार नफर्की आएसमा उनीहरूलाई विद्यमान ऐन, कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले हस्ताक्षरित सूचनामा तोकिएको समयमा कारागार नफर्कने कैदीबन्दीलाई कानुनी कठोर कारबाही हुने भएकाले तत्काल कारागार फर्किन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यस सम्बन्धमा सरोकारवालाहरुलाई समेत जानकारी गराउन अनुरोध गरेको छ।
