सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया सङ्गीता राई रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
सङ्गीता राईलाई सर्पले टोक्नासाथ उपचारका लागि लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ । तराई क्षेत्रमा पछिल्लो समय अत्यधिक गर्मी र भिजेको वातावरणका कारण विषालु सर्पको सक्रियता बढ्दो छ ।
