बारा । विश्रामपुर गाउँपालिका वडा नम्बर ५, इटियाहीस्थित एक पशु फारममा विमा रकम लिनका लागि तीनवटा गाईलाई महिनौँदेखि दाना–पानी नदिई फलामको सिक्कडमा बाँधेर राखिएको घटना सार्वजनिक भएको छ । फारम सञ्चालकको निर्दयी कदमले गाईहरू मृत्युतर्फ धकेलिएका छन् भने स्थानीयहरू आक्रोशित बनेका छन्।
चार–पाँच वर्षदेखि गाई पालन गर्दै आएका उक्त फारमका साउले पछिल्ला केही महिनादेखि फारममा कुनै कामदार नराखी गाईहरूको हेरचाहसमेत नगरेको पाइएको छ। स्थानियहरूका अनुसार पहिले काम गर्ने मजदूर थिए, तर साउले ज्याला नदिए पछि उनीहरू काम छाडेर गए ।
त्यस यता गाईहरूलाई न घाँस, न दाना, न पानी दिइएको हो। स्थानीयहरुको सक्रियता पछि खुल्यो रहस्य गाईहरूको अत्यधिक दुर्दशाको जानकारी पाएपछि पूर्व वडा अध्यक्ष भोला साह सोनार सहित केही स्थानीयहरू फारममा पुगेका थिए। घटनास्थलमा पुग्दा गाईहरू फलामको सिक्कडमा बाँधिएको अवस्थामा एकदमै कमजोर, थकित र मर्नै लागेका देखिएका थिए।
हामीले पानी ल्याएर दिँदा एउटै गाईले दुई–दुई बाल्टिन पानी पिउन पुग्यो, पूर्व वडा अध्यक्ष सोनारले बताए, यो देख्दा हाम्रो मन काँप्यो, यी गाईहरू कति दिनदेखि भोक र तिर्खाले छट्पटाइरहेका रहेछन् भन्ने कुरा बुझिन्छ।
गर्मी, अभाव र निर्दयता मर्न लागेको गाई४४\४५ डिग्रीको चर्को गर्मीमा, जस्ता को छानोमुनी, घाँस–दाना–पानी केही नदिई फलामको सिक्कडले बाँधिएका गाईहरू मर्नसक्ने अवस्थामा पुगेका छन्। स्थानीय बासिन्दाहरूले फारम सञ्चालकले विमा दाबी गर्नकै लागि जानीजानी गाई मर्न दिने नियत देखाएको आरोप लगाएका छन्।
पूर्व वडा अध्यक्ष सोनारले भने,
दिनदिनै खडेरी बढिरहेको छ, जमिन सुख्खा छ, पानी छैन — प्रकृतिसमेत रुष्ट भैरहेको छ। यस्तो बेलामा लोभले अन्धा भएका व्यक्तिहरूले देवीको रूपमा पूजिने गाईहरूलाई यसरी मर्न दिनु धर्म, नैतिकता र मानवता तीनैको अपमान हो स्थानीयहरुको माग कानुनी र सामाजिक कारबाही होस्
एक स्थानीय बासिन्दाले भने,
यस निर्दयी साउलाई कानुनी सजाय हुनु पर्छ। गाईहरू तुरुन्तै मुक्त गरिनु पर्छ। यस्तो कार्यले अरूलाई पनि पशुमाथि अत्याचार गर्न हिम्मत मिल्छ, त्यसैले यथाशीघ्र कारबाही आवश्यक छ।
यो घटनाले विश्रामपुर गाउँपालिका, पशु सेवा कार्यालय, बीमा कम्पनी, र गाई सेवा ट्रस्ट जस्ता सम्बन्धित निकायहरूको उदासीनता प्रष्ट देखिन्छ। उनीहरूको ध्यान यो घटनामा तुरुन्त जान आवश्यक छ।
