वीरगञ्ज । नेसनल एकेडेमी क्याम्पसले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी कार्यक्रम अनुसार वीरगञ्ज १६ नगवामा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि कक्षा १० मा अध्ययनरत विद्यार्थी छात्राहरु लाई ३५ थान नया कपडा वितरण गरेको छ ।
भारतिय दूतावासको पुर्वपट्टी स्थित नेसनल एकेडेमि क्याम्पसका प्रमुख केदार प्रसाद साहको अध्यक्षतामा एवं समाजसेवी प्रकाश कुमार उपाध्यायको बिशेष सहभागितामा सम्पन्न भएको सो कार्यक्रममा कलेजका निर्देशक राजकुमार सहनी,ठाकुरराम क्याम्पसका प्राध्यापक इन्दु शंकर मिश्र,वडा १६ का वडासदस्य लवनी देवि,स्कुलका शिक्षक अजय साह, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , स्थानिय समाजसेवी हरेन्द्र यादव,कलेजका लाइब्रेरीयन सुरज शर्मा लगायत स्कुलका शिक्षक शिक्षिका हरु लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा वरिष्ठ समाजसेवी अधिवक्ता उपाध्यायले हाम्रो मुल सम्पती शिक्षा नै हो त्यो नै हाम्रो र समाज देशको विकासको आधार हो जस्ले हामी सबैलाइ मजबुत बनाउछ अगाडि बढाउदछ र नगवामा रहेको विद्यालयको नाम तपाइहरुले आफ्नो पढाई ले देशमै अग्रस्थानमा ल्याउन कम्मर कसनुस म तपाईहरुको साथमा छु र अन्य सहयोगहरु लियेर फेरि फेरि आउने प्रतिबद्धता जनाउदै कलेजले आफ्नो २५ औ वार्षिकोत्सब मनाउने क्रममा हाम्रा छोरिचेलीहरुलाई नया कपडा सहयोग दिएकोमा आफू निकै खुशी भएको बताउदै कलेज परिवारलाई हार्दिक बधाई तथा स्कुलमा अध्ययनरत विद्यार्थीहरुको उज्ज्वल भविस्यको शुभकामना ब्यक्त गर्नु भएको थियो।
सो अवसरमा कलेजका प्रमुख साहले कलेजको वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि मनाउदा सानो सहयोग लिएर तपाईहरुको माझ आउन पाउँदा हामी निकै खुशी भएका छौ यो मायनेमा पनि कि हामी हाम्रो समाज देश कहिल्यै पनि अगाडि बढन सक्दैन समृद्धि प्राप्ती गर्न सक्दैन जब सम्म कि हाम्रो छोरीचेलीहरु पढदैनन तब सम्म अगाडि बढदैनन भन्दै प्रमुख साह ले शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए
