रौतहट । दुईवटा मोटरसाइकल ठोक्किदा रौतहटमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगारपालिका- इनर्वारी का २५ वर्षीय सुरेश पासवान रहेका छन् ।
परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बीचमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि विरगञ्ज पठाइएकोमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । बौधीमाई नपा-४ इनर्वारीका पासवान र परोहा नगरपालिका जिगडवाका अलियासको मोटरसाइकल ठोक्किएको थियो।



