वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्सा द्वारा अबैध समानहरु नियन्त्रणमा लिएको हो । ,नेपाल प्र.सीमा. सुरक्षा गुल्म बीरगञ्जबाट खटीएको टोलिले वी.म.न.पा.-१६ ईनर्वा स्थित सीमा नाकाबाट बोरामा प्याक गरी अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गरि लादै गरेको अवस्थामा रु. ५,०८,०००।- बरावरको तामाको माने र उक्त कार्यमा प्रयोग भएको E-LOADER गाडी सहित नियन्त्रणमा लिई मिति आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
साथै प्र.सिमा सुरक्षा गुल्म कै अर्को टोली सोही मितिमा बि.म.न.पा. -१६ स्थित भन्सार क्षेत्रबाट रक्सौलबाट बिरगंजतर्फ आउदै गरेको मो.सा.को बिभिन्न भागमा अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा रु.४,६७,०००।- बरावरको मोवाईल पार्टस र उक्त कार्यमा प्रयोग भएको मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
साथै सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म अलौबाट खटिएको टोलिले बिन्दवासिनी गा.पा-४ झौवा चोकबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको रु १,९१,६९० बराबरको मो.सा.सहित किराना समान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको । शसस्त्र प्रहरी बल पर्सा का सुचना अधिकारी शसस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह द्धारा जानकारीी



