वीरगंज । मधेश प्रदेशको सर्लाही जिल्लाबाट अहिले नुनदेखि सुन सम्मको लाखौको तस्करी भईरहेको स्थानियहरु बताउछन ।
एक स्थानिएका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीको नवलपुरमा दरबन्दी रहेका प्रसनि राम प्रवेश यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीको अर्थ संकलनको इन्चार्ज रहेका छन । प्रसनि यादव जागीर खाए देखि कहिल्य वर्दी लगायर डिउटी गरेका छैनन ।
हेटौंडाबाट हाइवे र सिन्धुलीबाट पथरकोट चौकी हुदै लागुऔषध गाांजा दिनहु क्वीन्टलका कवीन्टल सर्लाहीको लालबन्दी र हरयौनमा भण्डारण गरिन्छ र भण्डारण पश्चात प्रसनि यादवको सहयोगमा सादा पोषाकका प्रहरी को स्कटीङ्गमा भारतीय सिमा सम्म पु¥र्याइने वापत दिनहु मोटो रकम असुल्ने गरेका छन । यसरी सर्लाही जिल्ला लागुऔषधको मुख्य ट्रान्जीक्ट प्वाइन्ट बनेको छ ।
सर्लाही जिल्लामा अहिले सम्म ठुलो मात्रामा लागुऔषध पक्राउ न पर्नुको मुख्य कारण आर्थिक चलखेल हो । केही महिना अगााडी नेपाल प्रहरीका तत्कालीन डिआइजी हरी पालले लागुऔषधमा सर्लाही प्रहरीको चलखेलबारे थाहापाएर माथी उल्लेख गरिएका ठाँउ लालबन्दी र हरयौनमा प्रदेश प्रहरीको टोलीले छापामारी गरी चार क्वीन्टल पचास के.जी (४.५०) लागु औषध गाजा बरामद गरेको थियो ।
त्यस पश्चात लागु औषध को नेटर्वक केही दिन को लागी भत्केको थियो । तर प्रसनि यादवले आफु प्रहरी महानिरीक्षक दिपक थापा को पनि सादा पोषाकको चितवनमा घुमुवा बसेको कारण राम्रो सम्बन्ध रहेको कुरा बुझाई पुनः सर्लाही जिल्ला प्रहरी कार्यालय को घुमुवा बसी लागु औषध को कारेवार लाई जलमल दिई र लाइन दिई सुरु गराएका छन ।
ज्ञात रहोस जिल्ला प्रहरी कार्यालय पर्साले भर्खर मात्र १३ पोका ३१९ के.जी लागु ओषध गाजा पक्राउ गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय बारा ले पनि ठुलो मात्रामा लागु औषध पक्राउ गरेको छ तर सर्लाही जिल्लाले १० के.जी मात्र पक्राउ गरेको कारण पनि सर्लाही जिल्लाबाट व्यापक रुपमा लागु औषध को कारेवार भएको प्रमाणीत हुन्छ ।
उता नेपालबाट व्यापक रुपमा जिल्लाको बलरा हुदै स्याउ, मकै, कबाड र चाइनिज कस्मेटीकको आइटमहरु दिनहु पिकअप मा लोड गरी व्यापक रुपमा तस्करी को माध्यम बाट प्रहरी को मिलोमतो मा भारत जाने गर्छ ।
केही दिन अगााडी सोही बलराको नाका बाट तस्करी हुदै गर्दा तस्कर र शसस्त्र पूहरी बीच गोली हानाहान भएको थियो र शसस्त्र प्रहरीले गोली चलाई तस्करीको ७ वटा पीकअप समान बाट १ वटा पक्राउ गर्न सफल भएको थियो ।
यस सम्बन्ध जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रहरी उपनिरीक्षक योगेन्द्र खडकालाई फोन गर्दा प्रहरी नायब उपनिरीक्षक सरोज राईले फोन उठाए र अरु कुरा को जवाफ न दिए पनि प्रसनि राम प्रवेश यादव नवलपुरमा रहेको बताए । ज्ञांत रहेस जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा राम प्रवेश यादव आफु घुमुवा न रहेको बताए ।
पनि सर्लाही जिल्ला मा आफ्ना माथी तलो तहका हाकीमहरु लाई समेत आफ्नो प्रहरी महानिरीक्षक संग घनिस्ट सम्बन्ध छ भनी धम्की दिने गरेको प्रहरीहरु बताउने गरेका छन । यसरी प्रहरी महानिरीक्षक र जिल्ला प्रमुख को नाममा रकम संकलन गर्दा पनि मौन बस्नु र सरकार को करोडो को राजस्व चुहावट हुनु ले पनि विभिन्न संका उपसंकाहरु उब्जीएका छन ।
