वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले (आज) आइतबार दिउँसो २:३० बजे बारा जिल्लाको नौतन चोकबाट मानसिक अवस्था कमजोर भएको एक जना अन्दाजी ४५ वर्षीय पुरुष आफ्नो नाम ठाकुरजी बताउने व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम वीरगञ्जले उद्धार गरेको छ ।
आश्रम लगे पश्चात् उहाँको सरसफाई नुहाइ धुहाई पछि डाक्टर भरत गोईतको निगरानीमा औषधि उपचार हुने आश्रमले जनाए को छ । उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, मानवसेवा आश्रमका अभिभावक सामाजिक अभियन्ता प्रकाश थारु, इलाका प्रहरी कार्यालय पर्सौनीका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ , नगर प्रहरी समसुलमिया धोबी साथै स्थानीय व्यक्तित्व हरूको उपस्थिति रहेको थियो ।
