वीरगञ्ज । मिति २०८२।०२।१६ गते अ.साझ ५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा टोल वस्ने नगुनाथ लाल कर्णको छोरा अं.वर्ष ५९ को अरुण लाल कर्ण (अल्जाईमर रोगले ग्रसित) रहेको घरमा दाह्री काट्न जान्छु भनी घरबाट निस्केको र राती सम्म घरमा नआउदा निजको आफन्तु जिल्ला प्रहरी कार्यालय पर्सामा मौखिक जानकारी गराएकोमा निजको खोजतलास गर्दै जादा खोज्ने क्रममै मिति २०८२।०२।१८ गते अ. बिहान (७:३०) बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ नँया बस्ति स्थितमा नालाको पानी जमेको खेतखल्टोमा डुवी मृत अवस्थामा फेला परेको हो ।
ई.प्र.का. नगवा पर्सामा जानकारी प्राप्त हुन साथ यस कार्यालयबाट प्र.ना.नि.अजय रामको कमाण्डमा प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखेको, कानुनी प्रकृया तथा थप अनुसन्धानको लागि तालुक वडा प्रहरी कार्यालय बिर्ता पर्साका प्र.नि.निरोज चौलागाई को कमाण्डमा SOCO सहितको प्रहरी टोलि घटना स्थल पुगी कानुनि प्रक्रिया पुरा गरि शवलाई पोसमार्टमका लागि नारायणि अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रबक्ता नायब उपरीक्षक किसोर लम्साल द्धारा जानकारी
