काठमाडौं । सरकारले चालू आर्थिक बर्षका लागि कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका लागि रु ५७ अर्व ४८ करोड बिनियोजन गरेको छ ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकिकरण गर्दै उत्पादन बढाउने लक्ष्यका साथ कृषि मन्त्रालयका लागि रु रु ५७ अर्व ४८ करोड बिनियोजन गरिएको जानकारी दिनुभयो ।
उहाले दुई बर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । चैते धान खेतीका लागि पूर्वाधार निर्माण गर्न रु ३३ करोड विनियोजन गरेको उहाले बताउनुभयो ।
पौडेलले प्रमुख खाधान्नको उत्पादनमा आत्मनिर्भर हुने गरि कार्यक्रम अघि बढाउने धारणा राख्नुभयो । कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत मल बिउ र प्रविधिमा अनुदान र सहुलियतका लागि रु ३ अर्व ५० करोड बिनियोजन गरिएको उहाले बताउनुभयो ।
