काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानूनले दिएको अधिकारलाई दुरुपयोग नगर्ने बिषयमा आफु सचेत रहेको बताउनुभएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उहाले राजनीतिक आग्रह पूवाग्रहका आधारमा नभई व्यवसायीक रुपमा आफुले काम गर्ने भन्दै कानूनले दिएको अधिकारलाई दुरुपयोग नगर्ने बिषयमा आफु सचेत रहेको बताउनुभएको हो ।
त्यस्तै उहाले सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम नभएको बताउनुभयो । उहाले अदालतमा दर्ता भएका मुद्दामा आफु प्रतिवादी नरहेको र सहकारी प्रकरणको अनुसन्धानमा कुनै प्रभाव पार्ने काम गर्न नहुने जिकिर गर्नुभयो । लामिछानले आफ्नो सम्मान र इज्जतका लागि जहा प्रश्न उठेपनि जवाफ दिन तयार रहेको स्पष्ट पार्नुभयो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा उहाले कानूनले दिएको अधिकार भन्दा बढि अधिकार प्रयोग भएकाले थप अनुसन्धान भइरहको उहाले बताउनुभयो । उहाले आफु मन्त्रालयमा आएपछि सम्बन्धीत निकायको साप्ताहिक रुपमा रिपोर्ट हेर्ने काम गरेको धारणा राख्नुभयो ।
