काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य केही घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रूपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर १ लाख ८४ हजार २०० रूपैयाँ कायम भएको हो । गएको बिहीबार सुन तोलामा तीन हजार ५०० रूपैयाँ घटेको थियो । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रूपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भएको हो ।
