काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८०० रुपैयाँले बढेको हो । हिजो तोलामा १ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर २ लाख ८४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो ४५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
