वीरगञ्ज । एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको हत्याको विरोधमा पर्साका पत्रकारहरू सडकमा उत्रिएका छन् । साथै ए न्युज टेलिभिजनका कर्मचारीहरु बिरोध स्वरुप हाथमा कालोपट्टी बाधी दिन भर काम गर्ने भएका छन ।
वीरगञ्जको घण्टाघर चोकमा भएको शान्तिपूर्ण प्रदर्शनमा पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर न्यायको माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारसँग निष्पक्ष छानबिन सहित पत्रकार हरुको सुरक्षाको ग्यारेन्टीका मांग गरेका छन् ।
उनीहरूले अपराधीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजायको माग गरेका छन् । पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षणका लागि ठोस कदम चाल्न सम्बन्धित निकायलाई दबाब दिएका छन् ।
प्रदर्शनकारीहरूले यस घटनाले पत्रकारिता पेशामा त्रासको वातावरण सिर्जना गरेको भन्दै तत्काल न्यायको सुनिश्चितता गर्न जोड दिएका छन् । शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडियो खिच्ने क्रममा सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।



