काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७ लाख ९३ हजार रुपैयाँको जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाक मार्फत पठाएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने, “जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । त्यसपछि टोलीले हुलाकमार्फत पत्र पठाएको छ ।”
महानगर प्रहरीका डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा आज बिहान पत्र बुझाउन टोली पूर्वराजा शाहको निवास पुगेको थियो । महानगर प्रहरी प्रशासनले गत शुक्रबारको घटनामा पूर्वराजा शाहलाई ८ वटा पत्र लेख्दै ७ लाख ९३ हजार रुपैयाँको जरिवाना लगाएको जानकारी दिएको छ ।



