वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिकाको कार्यालयले आज बिहान एक सूचना जारी गर्दै, स्थानीय शिक्षक शम्भु प्रसाद चौरसियाको असामयिक निधनको शोकमा पालिकामा आजका लागि बिदा घोषणा गरेको जनाएको हो ।
फुलबारी टोलस्थित श्री रेडक्रस आधारभूत विद्यालयका शिक्षक चौरसियाको मंगलबार निधन भएको थियो । उहाँको निधनले गाउँपालिकालाई स्तब्ध बनाएको पालिका अध्यक्ष बशिष्ट कुमारले बताएका छन् ।
गाउँपालिकाले दिवंगत शिक्षकको आत्माले शान्ति पाउन र स्वर्गीय वासको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । शोकको यो समयमा पालिकाले आज अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय र शैक्षिक संस्थाहरू बन्द रहने जानकारी दिएको छ ।
