वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटी बालुवा पशुरामपुर अन्तरर्गत कटी बालुवा ने.रा.मा. विधालय का विद्यार्थीहरु अचानक बेहोस भएका छन् । नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरु आज मध्यान्हदेखि अचानक बोहस हुन थालेका छन ।
कालिकामाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरज कुमार साहले जानकारी दिए । विद्यालयका छात्राहरु झण्डै २० जना जति बेहोस भएको स्वास्थ्य प्रमुख साहले बताए । विद्यार्थीहरु बेहोस भएर लड्न थालेपछि पालिकाले एम्बुलेन्स बोलाएर पोखिरया अस्पतालमा पठाएको उनले बताए ।
पोखरिया अस्पतालमा ए न्यूजका टिमले सम्पर्क गरी पोखरिया अपतालका मे.सु. डा. अनिल यादव संग कुरा गर्दा अहिले सम्म १९ जना छात्रा र एक जना छात्र बेहोस भई आएका जस्मा दुई जना विधार्थीका अवस्था गंभिर रहेको जसमा १५ वर्षीय रोहित पासवानलार्य थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पढाइएको र सबै जनामा सेम लक्षण रहेको हाथ खुटा वटारिने डर तारास जस्तो भई लडेको लक्षण देखिए लैब टेस्ट गराउदा पनि ठाके रोग पता लाग्न नसकेको अवस्था रहेको डा. मे.सु. बताए ।



