काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेको हो ।
सुन आज तोलाको १ लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बुधबार पनि बढेको छ । चाँदी तोलामा १५ रूपैयाँले बढेर १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
