चितवन । चितवनमा पशुचौपाया बोकेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा १९ वटा खसीबोका मरेको चितवन प्रहरीले जनाएको छ । १४३ खसीबोका बोकेको बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक इच्छाकामना गाउँपालिका-४ लेवाटारमा टुर्घटना हुँदा १९ वटा खसीबोका मरेका हुन् । बिहान साढे ६ बजेतिर उक्त दुर्घटना भएको हो ।
ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । आजै बिहान नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडक खण्डको भरतपुरस्थित सेतीदोभानमा दुर्घटना थियो । दुर्घटनामा २४ जना घाइते भएका छन् । आइतबार बिहान पौने पाँच बजे लु.प्र.०३-००१ख ००७७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
