काठमाडौं । महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ । बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास-जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो ।
प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
ट्रकका चालक उदयपुर कटारी नगरपालिका-१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । बरामद गाँजा र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौहानले बताए ।
