वीरगञ्ज । बारा प्रहरीले लागूऔषध गाँजा सहित एक पुरुष तथा दुई महिलालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा न. २ निवासी अन्दाजी ५५ वर्षीया गम्भादेवी मुखिया, उनका छोरा ३८ वर्षीया जोगिन्द्र मुखिया, बाराकै बिन्दाबासीनी गाउँपालिका वडा न. २ निवासी अन्दाजी ६० वर्षीया ममता देवी मुखिया रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरिक्षक भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले प्रसौनी –२ स्थित बजार क्षेत्रबाट भलुवही तर्फ पैदल जाँदै गरेको उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु गम्भादेवीको साथबाट ३ किलो १४१ ग्राम, उनको छोरा जोगेन्द्रको साथबाट २ किलो ६४० ग्राम र ममता देवीको साथबाट २ किलो ६५९ ग्राम र ७९८ ग्राम झोलाबाट गरी जम्मा ९ किलो २०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको बारा प्रहरी प्रवक्त्ता प्रकाश सापकोटाले जानकारी दिए । गाँजा सहित पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।
