काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ स्थिर रहेको छ । आज पनि सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ शुक्रबारदेखि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
