तन्वीर आलम, रौतहट । नेपाल भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहट नेपालद्धारा “नेपाल–भारत मैत्री संवाद” कार्यक्रमको आयोजना गरिएको छ ।
मिडिया फर बोर्डर हार्मोनी रौतहटद्धारा शनिवार गौर नगरपालिकाको सभा कक्षमा आयोजित “नेपाल–भारत मैत्री संवाद” कार्यक्रममा प्रमुख आतिथ्यका रुपमा पूर्व प्रधानमन्त्री, रौतहट १ का साँसद एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको हो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश साँसद नागेन्द्र साह, रिगा विधान सभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवको उपस्थिति रहेको छ ।
मिडिया फर बोर्डर हार्मोनीका जिल्ला अध्यक्ष किशोरी राय यादवको अध्यक्षतामा भईरहेको संवाद कार्यक्रममा हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सीमा क्षेत्रका जिल्लाहरुमा बसोबास गर्ने नेपाल र भारतका जनताहरुले भोग्दै आएको समस्यालाई लिएर १७ बुंदे माग उठाउदै साझा मागलाई प्रस्तुत गरे ।
उक्त कार्यक्रममा राजनीतिक दलका नेताहरुमा रेबन्त झा, अनिल सिंह, भाजपा नेता रामअशिष पटेल, राष्ट्रिय एकता अभियान का अध्यक्ष विनय यादव, बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी, सितामढी अध्यक्ष विश्वनाथ चौधरी सहित नेपाल भारत का संचारकर्मीहरु सहित विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा संवाद कार्यक्रम गौर नगरपालिकाको सभाकक्षमा सम्पन्न भएका छन् ।
