तन्वीर आलम, रौतहट । सशस्त्र प्रहरी रौतहटले १६ लाख ४९ उन्नपचास हजार दुई सय रुपैयाँसहित दुई जना हुन्डी कारोबारी लाई पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिका वाड नम्बर ४ लतमरीको सिमामा चेकजाँच गर्ने कर्ममा सशस्त्र प्रहरीले भारतको कुण्डवा चैनपुर बाट नेपाल तरफ आउने क्रममा प्रदेश ३३ प ९३०८ FZ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटर साइकल चालकले प्रयोग गरेको मोटरसाइकल बाट १६ लाख ४९ उन्नपचास हजार दुई सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी BOP नम्बर ११ गनका उपरीक्षक बिक्रम हुमागाईले बताएको हो ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका वाड नम्बर ४ राजपुरको शिव कुमार साह, र सोही वाडको मो. प्रवेज आलम रहेका छन् ।
सशस्त्र प्रहरीकाअनुसार शिव कुमार साहको साथबाट मोबाइल समेत फेला पारेको छ । आवश्यक कारबाहीका लागि साह , आलमलाई गौर भन्सार कार्यालय पठाइएको छ ।
