काठमाडौं । बुधवार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । मंगलवार प्रतितोला नौ सय रूपैयाँले घटेको सुनको मूल्य आज एक हजार चार सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलवार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलवार चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
