वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा अबैध गाँजा खेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार ठोरी गाउँपालिका-४ निर्मलबस्ति क्षेत्रमा रहेको १० कठ्ठा एलानी जग्गामा लगाइएको गाँजा खेती फाडेर नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त गाँजा खेती कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
