काठमाडौं । लस एन्जलसको जंगलमा फेरि भीषण आगलागी भएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको हो । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र स्कूलहरू छन् ।
आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका छन् । यस आगलागीबाट हालसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा क्षेत्र छाड्न बाध्य भएका छन् ।
अमेरिकाको क्यालिफोर्नियाको जंगलमा लागेको आगो निभाउन दमकल अझै जुटेको छ । आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ । यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।
