काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ५९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
