वीरगञ्ज । आज विहान वीरगञ्जमा स्कुल बसको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ । वीरगञ्ज महानगर पालिका– १६ स्थित तेजश एकेडमीको ना ५ ख १५०४ नम्बरको बसले बाईपास रोड स्थित बैष्णोदेवी मन्दिर नजिक एक साईकल यात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन् । साइकल सवारलाई तत्काल नारायणी अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो । यो घटनाले अभिभावक र विद्यार्थीहरूबीच त्रास बढाएको छ । प्रहरीले बस चालक को खोजी कार्य र घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।
