काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्डबहादुर थापा छन् ।
उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट एक ग्राम खैरो हेरोइन बरामद गरेको र लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
