काठमाडौं । जनकपुरमा ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान जनकपुरधाम उपमहा नगरपालिका-७ स्थित जनकपुर देखि कुर्था जाने बाटोमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा महोत्तरीको महोत्तरी गाउँ पालिका-६ हरी गोरीगम्मा बस्ने ६० वर्षीय सत्यनारायण साह मृत्यु भएको हो।
ना ६ ख ४५३७ नम्बरको ट्रकले बाटो क्रस गर्ने क्रममा पैदल यात्री साहलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय धनुषाले जनाइएको छ ।
ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ । यश विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
