वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ देउरीयाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध चरेस बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले खेतमा फ्याँकिएको अवस्था मा १८ प्याकेटमा राखिएको ९ किलो १०० ग्राम चरेस बरामद गरेको हो ।
गस्ती गरिरहेको प्रहरी टोलीलाई देखेपछि तस्करले बोकेको चरेस खेतमा फ्याँकेर फरार भएको प्रहरी निरीक्षक थापाले बताए । तस्करको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको छ । बरामद चरेस हाल प्रहरी कार्यालयमा राखिएको छ ।
