काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्यरुपले बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार ९ सय कायम गरिएको छ ।
अघिल्लो बिहीवार सुन प्रतितोला २ लाख ९६ हजारमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आज ४ हजार ५८० मा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७० मा कारोबार भएको थियो ।
