वीरगञ्ज । पचास किलो गाँजासहित पर्साबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-१ बिश्रामपुरका पारस यादव, मैनादिन मियाँ, वडा नम्बर-७ तिनटोलियाका अकवर मियाँ र सोही वडा छपकैया टोलका शिव महतो रहेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर-२० हरपतगञ्ज चोकस्थित कुलोको बाटो भएर चारैजनाले टाउकोमा बोकेर गाँजा लागि रहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए । गाँजा सहित पक्राउ परेका चारैजनालाइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए ।
