वीरगञ्ज । पर्सामा १६० किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन् । आइतबार वीरगञ्ज महानगरपालिका-१८ भवानी पुर सिताराम चोकबाट प्रहरीले ट्रक र १६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए ।
मकवानपुर हेटौंडा उपमहानगर-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवनका २० वर्षीय रोनाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू ना.३ ख ४२१२ नम्बरको ट्रकमा परवानीपुरबाट ड्राइपोर्ट जाँदै थिए । प्रहरीको विशेष टोलीले जाँच गर्दा १६ वटा १० किलोका पोका बरामद भएका थिए । त्यसभित्र गाँजा रहेको खुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
