वीरगञ्ज । वीरगञ्ज लिंकरोड स्थित होटल कलसमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । वीरगञ्ज महानगरपालिका – १७ का ६५ वर्षीय संतसाह तुरहा आज विहान मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालका अनुसार तुरहा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । होटल कलसका सञ्चालक कुबेर कार्कीका अनुसार संतसाह तुरहा सोमबार साँझ ४ बजे एक महिलासँगै दम्पति भनेर कोठा लिए ।
“संतसाह विरामी थिए ।” उनको चेकजाँजका लागि वीरगञ्ज आएको होटललाई जानकारी दिएको होटल सञ्चालक कार्कीले बताए । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक एकल पुरूष रहेको खुलेको छ ।
मृतकको शरिरमा कुनै किसिमको चोटपटकको संकेत देखिएको छैन । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
