काठमाडौं । नेपाली बजारमा आज ९सोमबार० सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
