काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मी संग कुरा गर्दै थापाले सरकारको गठनको उदेश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताउनुभएको हो ।
थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राख्नुभयो ।
रवि लामिछानेको बिषय अदालतमा प्रवेश गरिसकेकाले यस बिषयमा आफुले कुनै टिका टिप्पणी नगर्ने उहाको भनाइ छ । त्यसअघि उपन्यास विमोचन कार्यक्रममा थापाले कांग्रेस पार्टीका नेताहरुको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रीत भएको टिप्पणी गर्नुभयो ।
