काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।
यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।
