काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मुल्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रति तोला एक हजार दुई सय रूपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला तीन हजार चार सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।



