काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिलेको जटिल परिस्थीतिमा प्रधानमन्त्रीले अनुभवीहरुलाई मन्त्रिपरिषद्मा सामेल गरेको बताउनुभएको छ । बिहीबार संघीय संसद भवनमा पुराना मन्त्री दोहरिदा तपाई पर्नुभएन नी भन्ने सञ्चारकर्मीको प्रश्नमा किराँतीले अहिले मुलुकमा जटिल अवस्था रहेको र जटिलतामा संकमोचनका लागि अनुभवी मन्त्री आवश्यक परेकाले आफु नयाँ टीममा पर्न नसकेको बताउनुभएको हो ।
उहाले राजीनामा चित्त बुझाउनुपर्ने भन्दै चित्त नबुझाउनेले राजनीतिक गर्न नसक्ने जिकिर गर्नुभयो । किराँतीले आफु मन्त्रालयमा रहदा धेरै काम गरेको र जिम्मेवारी पुरा गरेको बताउनुभयो । उहाले प्रधानमन्त्रीले सहज रुपमा सदनबाट विश्वासको मत पाउने धारणा राख्नुभयो । त्यस्तै उहाले जुन ठाँउमा रहेपनि देशको सेवामा ध्यान केन्द्रीत गर्ने उल्लेख गर्नुभयो ।



