बिशाल पटेल, वीरगञ्ज २२ । नेपाल बिद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको लापरवाहिले ज्यान जाने खतरा बढेको छ । बाटो छेउमा लगाईएको विद्युत पोलमा विभिन्न कम्पनीको तार बाटोमै लत्रीएको कारण ज्यान जाने खतरा बढेको हो । वीरगञ्ज महानगरको अधिकांस वडाहरुमा रहेको पोलहरुमा तार लत्रीएको भेटिन्छ । दिनको समयमा मानिष वा सावारी गाडि चलाउदाँ टाउको,खुट्टा र सवारीमा समेत अल्झिने गरेकोे छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ का रामबाबु साहले बताए । नगवाको नयाँबस्ती टोलमा जतात्तै पोलहरुमा तार लत्रीएको कारण केहि दिन पहिला मोटरसाईकल चालकको घाटीमै तार अल्झएर दुघ्टना भएको उनको भनाई छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १५ भिस्वाको त्रिशुल चेकमा आगलगी भएको थियो । उक्त घटनामा पोल मुनी व्यापार गर्ने तरकारी व्यापारीको झोपडि समेत जलेको थियो ।

वीरगञ्जमा अस्ता घटना भने हुदै गरेको छ । वीरगञ्ज महानगरपालिकामा पछिलो १ वर्षमा १२ वटा पोलहरुमा आगलगी भएको वीरगञ्ज महानगरपालिकाको विपद्ध व्यवस्थापन कार्यालयले दिएको तथ्यांकले देखाएको छ । अनुसार बिद्युतको पोलहरुमा आगलगी धेरै हुन्छ ।

तर अधिकांस ठाउँमा स्थानीवासी आफै निभाउने गरेको कारण महानगरपालिकाको विपद् व्यवस्थानमा मात्र १२ वटा घटना रहेको छ । विद्युतीय पोलहरुमा आगलगीका घटना भएपनि तार व्यावस्थापन गर्नेमा नेपाल बिद्युत प्राधिकारणको कुनै चासो देखिएको छैन् ।

