काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउन सोमबार बिहान बोलाइएको कानुन समितिको बैठक स्थगीत भएको छ । दलहरु आन्तरिक छलफलमा व्यस्त भएका कारण बैठक स्थगीत गरिएको हो । बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कानून मन्त्रालय र समिति सचिवालयले मस्यौदा प्रतिवेदन पेश गर्ने र प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने तयारी थियो ।
यसअघि आइतबार भएको छलफलका क्रममा विधेयकमा मानवअधिकारको गम्भीर उल्लंघनमा नियतवस वा स्वेच्छाचारी रुपमा गरिएको हत्या राख्ने सहमति भएको थियो । त्यस्तै मानवअधिकार उल्लंघनको घटनामा पीडितको स्वतन्त्र सहमति हुनुपर्ने सहमति भएको थियो । तर पीडितको स्वतन्त्र सहमति नभएको अवस्था र अभियोजन गर्दा सजाय घटि गर्ने बिषयमा भने सहमति हुन बाँकी छ ।



